सरकार आफैँले सुन तस्करी गरिरहेको छ : ओली

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा ओलीले सरकार नै सुन तस्करीमा संलग्न रहेको पनि आरोप लगाएका छन् । ‘केरुङ भन्सारबाट आउने ट्रकहरुमा सुन बोकिन्छ । पहिले-पहिले रातो चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिन्छ,’ उनले भने ।

‘सुन त यहाँ ब्रेक सुमा सुनैसुन। भेपमा सुनैसुन। सिगरेट खान खोज्यो सुनैसुन। पानी चलाउने मोटर ल्यायो, सुनैसुन। जे छोयो, त्यो सुनैसुन। स्वर्ण युग आयो भन्दै छ सरकार। यति सुन आएको छ। फेरि स्वर्ण युग नआए कहिले आउँछ त? भन्दै छ सरकार। नुन पनि पाइँदैन भन्दा सरकारको विरोध गरेजस्तो हुँदैन। पहिले पहिले रातो चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिन्छ। यो भइराखेको छ।’

चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीको टिप्पणी थियो । उनले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनै पर्ने जनाए । ‘म काण्डहरु चलेका छन् भनिराखेको छैन, चलाएका भनिराख्या छु । यस्ता काण्डहरु चलाउनु हुँदैन । यस्ता काण्ड चलाएर अनि देश विकास हुन्छ ? चिल आयो, चिल आयो भन्ने अनि कुखुरा यतातिर बोकेर कुँदने ?,’ उनले भने, ‘सरकारको आलोचना खास गर्न चाहन्न । तर अवस्था नाजुक छ । धेरै नाजुक छ । र, धेरै नेपालीले यस नाजुक स्थितिबाट सोच्न पर्दछ । यसस्थितिमा परिवर्तन ल्याउनै पर्दछ । किन, देशको मूल्यमा कुनै व्यक्तिका स्वार्थ आदि इत्यादि छ भन्न सकिँदैन ।’

अध्यक्ष ओलीले देशको मूल्यमा कुनैपनि व्यक्तिको स्वार्थ पूरा गर्न नसकिने जनाए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *