टाउकोको मोल तोक्ने सरकारमा छन्, टाउको बोक्नेहरू पनि सरकारमा छन् । हत्यारा र डाँकाहरूको आममाफीका साथ सिन्दूर जात्रा हुन्छ । गोहत्यारा र नरहत्याराहरू निस्फिक्री हिँडिरहेका छन् । हिन्दुका बारेमा कुरा गर्दा अतिवादी भइन्छ, संस्कार संस्कृतिका कुरा गर्दा शरणार्थी भइन्छ, परम्परा एवं सभ्यताको कुरा गर्दा शोषक सामन्त भइन्छ । यहाँ बोल्नु हुँदैन । बोल्ने हो भने हिन्दुलाई गाली गरेर बोल्नुपर्छ, ब्राह्मण क्षेत्री आदि आर्यहरूलाई धित मर्ने गरी गाली गर्नुपर्छ । अनि बल्ल सरकारको भइन्छ, सरकारले सुरक्षा गर्छ । सरकारी मत यही हो ।
सन्त श्रीनिवासलाई आफ्नो धर्म र संस्कार जोगाउनुपर्छ भन्ने अभिव्यक्तिकै आधारमा पक्राउ गर्नु सरकारी कायरता हो । विधिहीनता र स्वेच्छाचारीताको पराकाष्ठा हो । लाज र नैतिकता गृहमन्त्रीमा छ भने सम्पूर्ण हिन्दुहरूसँग माफी माग्दै निःशर्त रिहा गर्नुपर्छ । यो लज्जाजनक कार्य चोरलाई चौतारो साधुलाई शूली हो ।
धर्मनिरपेक्षताको सीसाको महलमा बसेर हिन्दुहरूमाथि ढुङ्गा हान्दै गर जुन दिन हिन्दुहरूले एउटा मात्रै ढुङ्गा तिम्रो महलमा हान्नेछन्, त्यसदिन न तिम्रो धर्मनिरपेक्षता रहन्छ न त तिम्रो महलको आधारभूमि । हामी जाग्दैछौँ । हामीलाई थाहा छ तिमी चिरञ्जीवी चिरस्थायी होइनौ । हिन्दु कायर र अक्षम होइन, नजागेको मात्रै हो । चेतना भया ।
चाँडो आँखा खुलोस् ।