सुनको भाउमा अर्को नयाँ रेकर्ड

आज छापावाला सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। 

शुक्रबार १ लाख ४२ हजार २०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले मंगलबार पुन अर्को रेकर्ड कायम गरेको हो। आज सुन तोलामा १ हजार ७०० रुपैयाँ  बढेर छापावाला सुन  १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।  आज प्रतितोला चाँदीको मूल्य १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *