धौलागिरि हिमश्रृंखलाको मानापाथि हिमालमा हिमपहिरो गएको ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
शुक्रबार दिउँसो गएको हिमपहिरोका कारण थासाङ गाउँपालिका–२ का ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले बताए । ‘सुरक्षा सतकर्ता अपनाउन भनेका छौं । जोखिमपूर्ण ठाउँका ९ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ’, उनले बताए ।
अहिले भने हिमपहिरोले थुनिएको बोक्सीखोलामा पानी बग्न थालेको डीएसपी पाण्डेयले बताए । ‘अहिले पानीको बहाबले आफ्नो गति लिन थालेको छ । यसअघि थुनिएको खोलामा पानी बग्न थालेको छ । त्यसकारण त्यति जोखिम हुने देखिँदैन’, उनले भने ।