धनतेरसको दिन आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले बढेर १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधवार छापावाल सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । बुधवार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर प्रतितोला २ हजार १ सय ५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २ हजार ६५ रुपैयाँ थियो ।